Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव राख्दै

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव राख्दै


  • 1.0K
    Shares

    ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव राख्दै
    images

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको  १२ औँ वार्षिक साधारण सभा यही चैत २७ गते बस्ने भएको छ । 

    साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल ६.०५ प्रतिशत लाभांश अनुमोदन गर्ने छ र ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश छ।

    बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको कुल १.१०७१ अनुपात ११०.७१ प्रतिशतले हुन आउने ६३ करोड ७ लाख १३ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने भएको छ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने छ भने चालु आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति र  पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्ने छ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १२:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij