Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको भाउ कति ?

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको भाउ कति ?


  • 1.3K
    Shares

    अस्ट्रेलियन डलरको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको भाउ कति ?
    images

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने महँगिएका छन्। 

    आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८० रुपैयाँ २७ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा थियो। 

    त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा थियो। 

    त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा थियो। 

    हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    Screenshot_2025-03-19_050224_xXRF2m01K9.png

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ०६:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij