Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ


  • 2.4K
    Shares

    जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ
    images

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टी एकताको पक्षमा रहेको दाबी गरेको छ । 

    अध्यक्ष डा। राउत र नाउपा अध्यक्ष श्रेष्ठबीच चैत २ गते संसद् भवन बानेश्वरमा भेट भएको थियो ।  भेटमा पार्टी एकताका विभिन्न विषयमा छलफल भएको बताइएको छ। 

    भेटपछि जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले रञ्जिता पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरे । नाउपा संरक्षक रेशम चौधरी र राउतबीच पार्टी एकताको विषयमा छलफल भए पनि रञ्जितासँग छलफल भएको थिएन । रञ्जिता एकताको पक्षमा रहेको नेताहरूको भनाइ छ । 

    ‘रञ्जिता म्याडम पनि सकारात्मक हुनुहुन्छ । पार्टी एकताबारे प्रक्रिया अगाडि बढाउने कुरा भएको छ रे । हाम्रो अध्यक्ष ज्यूले पनि यही कुरा गर्नुभएको छ ।’ यादवले खबरहबलाई भने, ‘उहाँहरूको केन्द्रीय कमिटी बैठक बसेर टुङ्गो लगाउने छलफल भएको छ ।’  

    यसबारे रञ्जिता भने बोल्न चाहेकी छैनन् । उनका श्रीमान् तथा पार्टी संरक्षक रेशम चौधरी भने जनमतसँग पार्टी एकता गर्ने  प्रक्रिया अगाडि बढिसकेको दाबी गर्छन् ।   यता नाउपाले चैत १५ गतेभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

    नाउपा सांसद गंगा राम चौधरीले भने, ‘हाम्रो केन्द्रीय कमिटी बैठकले निर्णय गर्छ । पार्टी एकताबारे पुरै जानकारी आएको छैन ।’

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १७:१६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij