Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने

माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने


  • 1.3K
    Shares

    माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो ।

    मधेस प्रदेशको बारा र पर्सा बाँकी रहेको छ । अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू भोलि (बुधवार) बाराको सिमरा विमानस्थल ओर्लिने उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिए । 

    यादवका अनुसार मधेसको कार्यक्रम सकेर ९ गते चितवनको अभियानमा सहभागी हुने छन् । केन्द्रीय नेताहरू सिम्रौनगढमा बास बस्नेछन् । चितवनको अभियान सकिएपछि फेरि काठमाडौं फर्किने जानकारी आफूले पाएको उनले बताए । अबको कार्यक्रम लगातार गर्नेभन्दा पनि बिचबिचमा ब्रेक गरेर सञ्चालन हुने यादवले जानकारी दिए । अभियान बिचैमा स्थगित हुँदा बाहिर गलत सन्देश भएकोबारे पार्टीले समीक्षा गरेको उनले बताए । 

    ‘केन्द्रीय नेतृत्व जिल्लाको अभियानमा केन्द्रित हुँदा काठमाडौंको राजनीतिमा भूमिका खेल्न नसकिने रहेछ । अब पहिलेको जस्तो निरन्तर अभियान हुँदैन । बिच बिचमा ब्रेक गरेर सञ्चालन गर्नेगरी तयारी गरेका छौँ । चितवनसम्मको अभियान चलाएर फेरि काठमाडौं फर्किनेछौँ । अभियान स्थगित हुँदा बाहिर गलत म्यासेज गएको छ । यी सबैलाई व्यवस्थापन गरी अगाडि बढ्नेछौँ’, यादवले भने । 

    यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो ।  यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - ११:२९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij