२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘टपअप र फोन पे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ नयाँ अभियान सार्वजनिक गरेको छ।
मोबाइल टपअप र फोन पे डिरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै बैंकले डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउनको साथै ग्राहकहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार अन्तर्गत iPhone 16 पनि रहेको छ।
यस अभियानमा सहभागी ग्राहकहरूले RBB Digital Sansar मोबाइल बैंकिङ एपमार्फत कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु। ५०० को फोन पे डिरेक्ट कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने बैंकले बताए राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गरेको छ । अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन बैंकले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij