Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नागरिक लगानी कोषले गर्‍यो २ खर्ब लगानी

नागरिक लगानी कोषले गर्‍यो २ खर्ब लगानी


  • 1.7K
    Shares

    नागरिक लगानी कोषले गर्‍यो २ खर्ब लगानी
    images

    काठमाडौं । नागरिक लगानी कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा कोषको अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनामा २ खर्ब ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिएका छन्।

    २ खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको बताएका छन्। आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पु¥याउनुको साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता रहेको बताएका छन्।

    कोषका कार्यकारी निर्देशक रमण नेपालको अनुसार कोषमा सहभागी हुने सम्भावना भएको संघसंस्थाहरुलाई आबद्ध गर्न र ती संस्थाहरुको दीर्घकालीन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिसकिएको उनले जानकारी दिए । कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताएका छन् ।

     

     

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १४:५७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij