२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
आजको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्न लागेका हुन्।
त्यस्तै बैठकमा समसामियक राजनीतिक परिस्थितको विषयमा विश्लेषणसहित छलफल हुने नेताहरूले बताएका छन्। ओलीले आगामी रणनीति के हुने भन्नेबारे नेताहरूसँग छलफल गर्न बैठक बोलाएको बताइएको छ।
फागुन २५ गते पूर्वाराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा उनका समर्थकले गरेको प्रदर्शनपछि गणतन्त्रवादी दलहरूले त्यसको प्रतिवाद गर्दै आइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij