२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच यस सम्बन्धी सम्झौता भएको छ। वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले सामाजिक सुरक्षा कोषमा योगदान गर्न अझ सजिलो हुने भएको छ।
बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र सामाजिक सुरक्षा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे छन्।
सम्झौताअनुसार, वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले हिमालयन बैंकमा खाता खोली विभिन्नडिजिटल माध्यमहरू हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्डमार्फत आफ्नो रकम सहज रूपमा जम्मा गर्न सक्ने भएको छ। बैंकले संकलन गरेको रकम सोही दिन सामाजिक सुरक्षा कोषको खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ।
नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सजिलो बनाउने र उनीहरूको दीर्घकालीन आर्थिक सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij