Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी


  • 1.7K
    Shares

    फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी
    images

    काठमाडौं । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । 

    हाल उनले मासिक रु दुई लाख आम्दानी लिने गरेको गरिरहेकी छन् । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उनले बताइन् ।

    ‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ,’ गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् । 

     

     

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १३:४६:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij