Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

फागुुन महिनामा वैदेशिक लगानीको प्रतिवद्धतामा वृद्धि

फागुुन महिनामा वैदेशिक लगानीको प्रतिवद्धतामा वृद्धि


  • 1.8K
    Shares

    फागुुन महिनामा वैदेशिक लगानीको प्रतिवद्धतामा वृद्धि
    images

     काठमाडौं । चालुु आर्थिक वर्षको फागुुन महिनामा फागुुन महिनामा मात्र १२ वटा परियोजना मार्फत छ अर्ब ४७ करोड ७२ लाख रुपियाँ प्रतिबद्धता आएको छ । विदेशी लगानी प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । 

    फागुुन महिनामा भने लगानी प्रतिबद्धतामा वृद्धि भएको छ । विभागका अनुसार ८ महिनामा कुुल विदेशी लगानी प्रतिबद्धता २१३ परियोजनामार्फत २९ अर्ब १३ करोड ४५ लाख रुपियाँ आएको छ भने चालुु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । आठ महिनामा विभागमा सूचना तथा प्रविधि क्षेत्रका ८, पूर्वाधार क्षेत्रको, कृषि क्षेत्रका ४ र खानीजन्य क्षेत्रको २ परियोजना विभागमा दर्ता भएको छ । 

    पर्यटन क्षेत्रको ११५, सेवा क्षेत्रको ८८, उत्पादनमूलक क्षेत्रको ३३ परियोजना विभागमा दर्ता भएको छ।  विभागको अनुसार पुस महिनामा २७ वटा परियोजनामा १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपियाँ प्रतिबद्धता आएको थियो भने मङ्सिर महिनामा २१ वटा परियोजनाका लागि २ अर्ब २५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।कात्तिक महिनासम्म २७ परियोजनामार्फत १ अर्ब ७५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।  गत असोज महिनामा ४० परियोजनामार्फत १ अर्ब ९८ करोड रुपियाँको प्रतिबद्धता आएको हो । विदेशी लगानी प्रतिबद्धता पर्यटन, सूचनामूलक र सेवा क्षेत्रमा बढी आउने गरेको छ ।  सुरुदेखि हालसम्म छ हजार ११२ परियोजनामार्फत चार खर्ब ७९ अर्ब १० करोड ३४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

     

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १४:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij