२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । माघ महिनाको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
घरजग्गा कारोबारको राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको विभागका अनुसार सेवा करबाट रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ, २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको हो ।
मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार रुपैयाँ, तथा मालपोत कार्यालय खैरहनी र चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जानकारी दिएको छ ।
साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा ३ अर्ब ९ करोड रुपैयाँ, असोजमा ३ अर्ब ८ करोड १२ लाख रुपैयाँ, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा ३ अर्ब ८७ करोड रुपैयाँ, पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij