Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

४० अर्ब तान्दै नेपाल राष्ट्र बैंक

४० अर्ब तान्दै नेपाल राष्ट्र बैंक


  • 1.3K
    Shares

    • images
    ४० अर्ब तान्दै नेपाल राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता धेरै भएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ तान्दै छ। २१ दिन निक्षेप संकलनको चैत २४ गते साँवा र ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको  छ।

    राष्ट्र बैंकले चैत ३ गते आज आइतवार फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज पनि  ४० अर्बखिच्न लागेको छ। आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्ने  भएको छ ।

     

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ११:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij