Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अमेरिकामा भिषण आँधी, कम्तिमा २० जनाको मृत्यु

अमेरिकामा भिषण आँधी, कम्तिमा २० जनाको मृत्यु


  • 1.5K
    Shares

    अमेरिकामा भिषण आँधी, कम्तिमा २० जनाको मृत्यु
    images

    अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधिका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेम मिजौरी राज्यमा मात्र १२ जना रहेको प्रहरीले जनाएको छ। भीषण र ध्वंसात्मक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा व्यापक क्षती गरेको थियो। बाटोमानै गाडीहरू पल्टिएका छन् भने घरहरू ध्वस्त भएका छन्। टेक्सासमा धुलो र आँधीका कारण भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, भने ओक्लाहोमा र अर्कान्ससमा पनि मानिसहरुको मृत्यु भएको छ। शनिबार दिउँसोसम्म टेक्सास, मिजौरी, इलिनोइसलगायत ६ वटा राज्यमा २ लाख ४० हजारभन्दा बढी घरधुरी विद्युत् विहीन भएका छन्।

    त्यो क्षेत्रमा अझै भयानक आँधीको संभावना रहेको जनाइएको छ। जसअनुसार मध्य मिसिसिपी, पूर्वी लुजियाना र पश्चिमी टेनेसीमा जोखिम उच्च रहेको र सतर्कता अपनाउन अपिल गरिएको छ। ती तीनवटा राज्यका साथै अलाबामा र अर्कान्ससका केही भागहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ। किनभने खराब मौसम दक्षिण-पूर्वी क्षेत्रभरि फैलिएको छ।

    राष्ट्रिय मौसम सेवाले (एनडब्लुएस) ले आकस्मिक बाढीहरू घातक हुन सक्ने चेतावनी दिएको छ। शनिबार बिहान मध्य मिसिसिपीमा सबैभन्दा उच्च स्तरको खतराको चेतावनी पनि जारी गरिएको छ। एनडब्लुएस ले ती क्षेत्रमा धेरै ठूला र विनाशकारी आँधीहरुले ठुलो क्षति निम्त्याउने चेतावनी दिएको छ।

    मौसमविद्हरूले सचेत गराउँदै भनेका छन् ‘यदि तपाईं ती क्षेत्रमा हुनुहुन्छ भने, सबैभन्दा सुरक्षित तथा बलियो संरचनाभित्र बस्नुहोस् र आँधी पार नहुन्जेल त्यहीँ सुरक्षित रहनुहोस्।’ मिजौरीका गभर्नर माइक केहोले राज्य भीषण आँधीका कारण तहसनहस पारिएको बताउँदै, थुप्रै घरहरू ध्वस्त भएको र मानिसहरुले ज्यान गुमाउनु परेको बताए।

    जोर्जियाका गभर्नर ब्रायन केम्पले पनि राज्यमा आउने भीषण मौसमको पूर्वानुमान गर्दै आपतकाल घोषणा गरेका छन्। मौसम पूर्वानुमानका अनुसार, भयानक जोखिम आइतबारसम्म अलाबामा, फ्लोरिडा र जोर्जियासम्म फैलिन सक्ने छ।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ०८:२७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij