२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद्ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।
कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ। उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको मिनापको पूर्वअध्यक्ष सुनिल मल्लिकले बताएका छन्। उनका अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij