२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । समृद्धि फाइनान्सको फाइनान्सको पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको पदमा प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् ।
फाइनान्सले आफ्नो पत्रमार्फत २०८२ वैशाख १ गतेदेखि घिमिरेको नियुक्ति प्रभावी हुने जानकारी दिए । फाइनान्सको संचालक समितिको बैठकले २०८१ फागुन २८ गते घिमिरेलाई चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
सन्तोष कुमार घिमिरेको नेतृत्वमा समृद्धि फाइनान्सले आफ्नो व्यवसायिक क्षेत्रको दायरा र सशक्तिकरणमा नयाँ उचाइ छुन प्रयास गर्ने विश्वास गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij