Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

चैत १५ गतेपछि ओली सरकारलाई महाखड्गो छ: ज्यो. सुरेशचन्द्र रिजाल

चैत १५ गतेपछि ओली सरकारलाई महाखड्गो छ: ज्यो. सुरेशचन्द्र रिजाल


  • 3.0K
    Shares

    • images
    चैत १५ गतेपछि ओली सरकारलाई महाखड्गो छ: ज्यो. सुरेशचन्द्र रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्योतिषका रुपमा परिचित सुरेशचन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका लागि आसन्न चैत १५ गतेपछि महाखड्गो रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चैत १५ गतेपछि ओली नेतृत्वको सरकारलाई कष्टको पनि महाकष्ट रहेको बताएका हुन् ।

    ‘चैतको १५ गतेभन्दा पछि केपी शर्मा ओलीज्यूको जुन ग्रह,योग छ, महाखड्गोको योग बनिरहेको छ । कष्टमा पनि अति कष्टको कुरा हो यो । यस्तै अवस्था रहिर्यो भने यसले निकाय दिँदैन भनेर मैले बारम्बार भनिरहेको छु । हामी संयमता अपनाएर अगाडि बढ्यो भने राम्रो होला । नत्र भने मैले धैरै राम्रो देखेको छैन,’– उनले भने ।

    साथै, अहिले गणतन्त्रको खराब समय चलिरहेको उनको दाबी छ । अब दलहरुले जतिसुकै राम्रो गर्न खोजेपछि जनताले नपत्याउने र परिणाम दिन गाह्रो हुने उनले बताए । ‘गणतन्त्रको समय अहिले खराब चलेको छ । अब दलहरुले जतिसुकै जनताप्रति राम्रो गर्न खोजेपनि त्यसले राम्रो परिणाम दिने सम्भावना हटेर गएको छ । सच्चिनुपर्ने एकदमै देखिन्छ ।’

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - १८:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij