Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी


  • 1.8K
    Shares

    • images
    स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदको लागि १७ जनाको उम्मेदवारी परेको छ । 

    क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी  र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका क्याम्पस निर्वाचन अधिकृत प्रा .डा .कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् । 

    आज  ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्य तालिका रहेको छ । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदैछ ।

     

     

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - १४:२२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij