२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । झापाको पाथीभरा सामुदायिक वनभित्र एक हात्ती सड्न लागेको अवस्थामा शव फेला परेको । छ।
प्रहरीको अनुसार हात्तीको उमेर, लिङ्ग र मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। हालसम्म मृतक हात्तीको विवरण खुल्न सकेको छैन। प्रहरीका अनुसार मृतक हात्तीको वरिपरि ३(४ वटा हात्तीहरू घेराहाली बसिरहेको कारण घटनास्थलमा पुग्न कठिनाइ भएको छ।
घटनास्थलमा डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली परिचालित छ। हात्तीको मृत्युको कारण र थप विवरण अनुसन्धानपछि थाहा हुने प्रहरीले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij