Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

प्रधानमन्त्री ओलीले फेसबुकबाट फागुपूर्णिमाको शुभकामना व्यक्त गरे

प्रधानमन्त्री ओलीले फेसबुकबाट फागुपूर्णिमाको शुभकामना व्यक्त गरे


  • 1.2K
    Shares

    • images
    प्रधानमन्त्री ओलीले  फेसबुकबाट फागुपूर्णिमाको शुभकामना व्यक्त गरे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपालीप्रति  होलीको शुभकामना व्यक्त गरेका छन् ।

    मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ–  यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ ,”  प्रधानमन्त्रीले  लेखेका छन्, “हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना 

    फागुपूर्णिमालाई  होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउछ  भन्दै सामाजिक सञ्जाल फेसबुकबाट उल्लेख गरेका हुन् ।  

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८१ बिहिवार - ०९:५५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij