२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । लगातार ७ दिनको गिरावटपछि बढ्यो नेप्से । साताको चौथो दिन आज बुधबार बजार आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर २७३६ दशमलव ४८ को विन्दुमा पुगेको छ ।
३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज बजारमा १४६ कम्पनीको मूल्य बढेको छ । ८८ कम्पनीको मूल्य घटेको छ भने बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ । माइक्रोफाइनान्स र विकास बैंकबाहेक सम्पूर्ण उपसूचक बढेका छन् भने अन्य र लगानी समूहमा १ प्रतिशत भन्दा धेरै बढेको देखिन्छ ।
कारोबार रकमका आधारमा आज पनि माछापुच्छ्रे बैंकको प्रोमोटर शेयरको ८१ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ५६ करोड रुपैयाँको कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij