२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष दीपक साहले ११ बुँदे स्पष्टीकरण बुझाएका छन् । उनले हिजै अनुशासन विभागलाई स्पष्टीकरण बुझाई सकेको स्रोतले जनाएको छ ।
ह्वाटसअपमा उनको स्पष्टीकरण प्राप्त भएको बताउँदै उनले केन्द्रीय समितिको बैठक चलिरहेका कारण स्पष्टीकरण पत्रलाई अध्ययन गर्न नसकेको उनले बताएका छन् । अनुशासन समितिकी सदस्य सचिव अनिता मण्डलले उपाध्यक्ष साहले स्पष्टीकरण बुझाई सकेको बताएकी हुन ।
पूर्वाग्रही तथा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर भ्रमपूर्ण र तथ्यहीन आरोपसहित स्पष्टीकरणलाई सोधिएको भन्दै उपाध्यक्ष साहले त्यसलाई खारेज गरेका छन् र उल्टै प्रमाणित गर्न भनिएको छ । अनुशासन समितिको संयोजकबाट निलम्बित साहले आफूमाथि लागेको सबै आरोप कपोकल्पित र भ्रमपूर्ण रहको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएको जनमत पार्टीका एक पदाधिकारीले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij