Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन्; मन्त्री पृथ्वीसुब्बा गुरुङ

दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन्; मन्त्री पृथ्वीसुब्बा गुरुङ


  • 1.7K
    Shares

    दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन्; मन्त्री पृथ्वीसुब्बा गुरुङ
    images


     
    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानुनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।
    नेपाल आर्थिक पत्रकार समाज९सेजनले बुधबार काठमाडौँमा आयोजना गरेको टेलिकम उद्योग पुनरुत्थान कार्यक्रममा मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको विकाससँग अघि बढ्नुपर्ने र पुराना ऐन कानुन परिमार्जन हुने जानकारी दिएका हुन् ।
    प्रविधिको विकाससँगै टेलिकम क्षेत्रको विकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनको भनाई थियो । मन्त्री गुरुङले आफू मन्त्री भए पनि प्रविधिको क्षेत्रमा विकास गर्न खाजेपनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गरे । उनले विधेयकहरू लामो समय अड्किदा समयमा नै कानुन निर्माण हुन नसकेकाले संसद्ले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए ।

    विधेयक पास गर्न ५–६ वर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक विकासका लागि अत्यावश्यक कानुन बनाउन अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले समाजलाई विभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको धारणा राखे । 
    उनले दुर्गा प्रसाईँजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप  लगाए ।
    त्यस्तै उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भई संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबैको छलफल र सुझावपछि सदनमा पेस गर्ने जानकारी दिनुभयो । 

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १४:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij