Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

जापानले निष्कासन गर्‍यो ६ जना नेपाली

जापानले निष्कासन गर्‍यो ६ जना नेपाली


  • 2.4K
    Shares

    जापानले निष्कासन गर्‍यो  ६ जना नेपाली

    जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।

    निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो।

    झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई सोधपुछ गरी आवश्यक डकुमेन्ट बन्दोबस्ती गरेर नेपाल फर्काइएको स्रोतले बताएको छ। कस्तो खालको कागजात पेस गरिएको भन्ने विषयमा भने खुलाइएको छैन।

    अघिल्लो साता दुई जनालाई जापानले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पुन र भुजेललाई नेपाल फर्काइएको थियो।

    images
    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - २१:११:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij