२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको राजस्व संकलन भएको छ । ८ महिनामा २ अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व संकलन गरेको हो।
कार्यालयकाबाट प्राप्त विवरणअनुसार साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी रामकुमा विकले बताएका छन्।
भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताएका हुन्। गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij