Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

३२.२१ अंकले घट्यो नेप्से

३२.२१ अंकले घट्यो नेप्से


  • 1.7K
    Shares

    • images
    ३२.२१ अंकले घट्यो नेप्से

    काठमाडौं ।  अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौं दिन बजार घटेको छ । मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ ।

    कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भयो । ३२ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन विकास बैंक सेक्टरमा आकर्षण देखिएको छ । सबै सेक्टर घट्दा सो सेक्टर १९३ प्रतिशत बढ्यो ।

    बैंकिङ ०.७१, फाइनान्स १.५७, होटल तथा पर्यटन १.१३, हाइड्रोपावर १.५१, लगानी १.८९, जीवन बीमा १.३०, उत्पादन २.४९, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९९, अन्य १.६८ र व्यापार १.७९ प्रतिशत घटे ।

    महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८.८, ज्योति विकास बैंकको ३.३५ तथा सप्तकोशी विकास बैंकको् ३.११ प्रतिशत मूल्य बढ्यो । नेस्डो समृद्धि लघुवित्तको ६.६९, उन्नति सहकार्य लघुवित्तको ५.३६, हिमालयन पावर पार्टनरको ४.७२ तथा राप्ती हाइड्रोको ४.६८ प्रतिशत मूल्य घट्यो ।

    धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १५:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij