Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित

प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित


  • 1.6K
    Shares

    प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक प्रतिपक्षी दलको विरोधलगत्तै स्थगित भएको छ । पाँचौं अधिवेशनको १९ औं बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरुले उठेर विरोध जनाए ।

    सभामुख भीम भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु बसेनन् । सभामुख भण्डारीले नेकपा एसका नरेश शाहीलाई विषयवस्तु राख्न भनेपछि उनले सरकारको कार्यशैलीबारे टिप्पणी गरे ।

    प्रदेश गरिबीको चपेटामा हुँदा सरकारले खर्च कम गर्नुभन्दा बढाउन लागेको शाहीले आरोप लगाए । ‘हामी गरिबीको चपेटामा छौं । विभिन्न समस्याले च्यापिएका छौं । हामी ३४ प्रतिशत गरिबीमा छौं । २४ दिनसम्म राजस्व उठाउन सकेनौं । हामीले गरेको कमजोरीले व्यवसायी मारमा परे’, शाहीले भने ।

    उनले आम्दानी बढाउनुपर्ने र खर्च कम गर्नुपर्ने अवस्थामा सरकारले नियुक्ति र नीति आयोगमा खर्च बढाउने गरी अगाडि बढेको आरोप लगाए ।

    ‘हाम्रो आम्दानी वृद्धि गर्नु छ । अनावश्यक खर्च कटौती गर्नुछ । अनावश्यक खर्च कटौती गर्नुको सट्टा सरकारबाट खर्च बढिरहेको छ’, उनले भने, ‘केही सल्लाहकारको पद सृजना गरेर नीति तथा प्रदेश योजना आयोगमा ३ जनाको ठाउँमा पाँच बनाइयो । त्यसमा हाम्रो असहमति छ । प्रदेश स।कारको तर्फबाट अविलम्ब सच्याइनुपर्छ भन्ने हामी माग गर्दछौं ।’

    सभामुखमार्फत सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे । आफ्नो धारणा राखेपछि पनि प्रतिपक्ष दलका सांसदहरु नबसेपछि सभामुखले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १४:४३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij