२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भइरहेको संविधान विरोधी क्रियाकलापलाई नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय गानको अवमूल्यन गरी पञ्चायतकालीन राष्ट्रिय गान बजाउनेलाई कानूनी दायरामा ल्याउन आग्रह गरे ।
यी सबै कार्यहरूमा पूर्वराजाले उक्साएको र यसलाई कानुनी दायरामा ल्याउनु पर्ने उनको भनाइ छ । बर्तौलाले राजावादीलाई दिवा सपना नदेख्न आग्रह गरे । ‘संग्रालयमा थन्किएको राजतन्त्रलाई हुकुम परमांगीबाट शासन चलाउने दिवास्वप्ना नदेख्नुहोस्,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij