Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम


  • 1.6K
    Shares

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम

    काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो ।

    सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाए । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ, प्रशिक्षक र लेखिका, पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशीताको विषयमा समेत चर्चा गरिएको थियो । नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

    हाल बैंकका १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एतिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १३:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij