Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमतीमा सवारीसाधन नवीकरणका लागि कार्यालय धाउने बाध्यता हट्दै, विद्युतीय अभिलेख राखिने

बागमतीमा सवारीसाधन नवीकरणका लागि कार्यालय धाउने बाध्यता हट्दै, विद्युतीय अभिलेख राखिने


  • 1.7K
    Shares

    बागमतीमा सवारीसाधन नवीकरणका लागि कार्यालय धाउने बाध्यता हट्दै, विद्युतीय अभिलेख राखिने

    काठमाडौं । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन) गर्न थालेको छ। 

    सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। 

    केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखीकरणको शुभारम्भ गरेका थिए। यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए।

    सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ।

    कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन् । ती सबै सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उनले बताए। 

     

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - ११:५४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij