Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै


  • 1.7K
    Shares

    प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल आउने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न उनी आउन लागेका हुन् ।

    मोर्चाका केन्द्रीय अध्यक्ष गणेश सलामी मगरले बुटवलमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र माओवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको जान्छ ।

    उनका अनुसार देशभरिबाट करिब १ हजार प्रतिनिधिहरूसहित बुटवल स्थित ट्राफिक चोकमा हुने सभामा करिब १५ हजार जनसहभागिता गराउने तयारी गरिएको छ ।

    सभालाई अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरू नारायणकाजी श्रेष्ठ, पूर्वसभामूख ओनसरी घर्तीमगर, सुरेश आलेमगर लगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवन प्रवेश रोकामगरले जानकारी दिए ।

    यसैबीच फागुन २८ गतेको उक्त कार्यक्रमलाई भव्य बनाउन माओवादी केन्द्र बुटवलले सबै वडालाई निर्देशन जारी गरेको पार्टीका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए ।

    उनका अनुसार सो कार्यक्रमलाई सफल रूपमा सम्पन्न गर्नका लागि नगर भित्रका पार्टी र कार्यकर्ताहरूलाई तयारीका लागि व्यापक रूपमा परिचालन गरिएको समेत जानकारी दिए ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १०:३२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij