Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्र बैंकको रिपोर्ट

राष्ट्र बैंकको रिपोर्ट : एकै महिनामा १ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो

राष्ट्र बैंकको रिपोर्ट : एकै महिनामा १ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रियो


  • 3.1K
    Shares

    राष्ट्र बैंकको रिपोर्ट : एकै महिनामा  १ खर्ब ३७ अर्ब  रेमिट्यान्स  भित्रियो
    images

    काठमाडौं । रेमिट्यान्स आप्रवाहले फेरि लय लिन थालेको छ । मंसिर तथा पुसमा घट्दै गएको रेमिट्यान्स माघ महिनामा पुनः लयमा फर्किएको हो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह झण्डै १३७ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    राष्ट्र बैंकको तथ्यांकअनुुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह ९०० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यस्तो आप्रवाह ७६३ अर्ब ८ करोड पुगेको छ । योसँगै कुल वृद्धिदर ४.१ प्रतिशतबाट बढेर ७.३ प्रतिशत पुगेको छ । यद्यपि यो वृद्धिदर अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

    यसमध्ये  अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको बैंककोृ तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । दुवै संख्या अघिल्लो वर्ष भन्दा बढी हो ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १७:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij