२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार)बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
आज सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले कार्यसूची तय गरेको हो। पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ।
भोलिको संसद्मा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ। उहाँले बोल्ने गरी समय निर्धारण भएको छ, एमाले प्रमुख सचेतक महेश बर्तौलो भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij