२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । नेपालको विश्वासनीय भुक्तानी नेटवर्क फोनपेले “सक्षम नारी” नामक नयाँ अभियानको शुभारम्भ गरेको छ । अभियानको मुख्य उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता बनाउनु रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित रहेको कम्पनीले जनाए । कम्पनीका अनुसार अभियानले महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको हो।
अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेकी मार्केटिंग सलिना नकर्मीले भनिन्, “आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्त्वपूर्ण छ, हामी ‘सक्षम नारी’ अभियानलाई पुनः सुरु गर्दैछौं—यो एक brand building पहल हो जसले महिलाहरुलाई डिजिटल वित्तीय साक्षरतामार्फत सशक्त बनाउने उद्देश्य राख्छ्र ”।
सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेको छ। प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली विजेताले भाग्यशाली विजेताले श्री नटराज ज्वेलर्सबाट विशेष हीरा, गहना प्राप्त गर्ने छन् भने प्रत्येक बैंकबाट ५० महिला विजेताहरूलाई रु- १,००० को शपिंग भाउचर प्रदान गरिने ।
यो अभियानले नेपालको डिजिटल परिवर्तनलाई अघि बढाउने र सबैको लागि पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij