Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख नाफा कमायो , कस्को कति ?

वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख नाफा कमायो , कस्को कति ?


  • 1.4K
    Shares

    • images
    वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख नाफा कमायो , कस्को कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकमा २० वटा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ।  

    गत वर्षको यही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका थियो  भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १.६२ प्रतिशतले घटेको छ।

    ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ। नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, नबिल बैंकले माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ र एभेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँराष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। 

    अघिल्लो वर्षको तुलनामा प्रभु बैंकको ९७.७८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२।८५ प्रतिशतले बढेको भने स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र सानिमा बैंकको घटेको छ।

     

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १४:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij