२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि खुला गरेको आइपीओमा १० करोड ६० लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । मागभन्दा ७.३६ गुणा बढी आवेदन रहेको छ ।
सीडीएसका अनुसार आज फागुन २६ गते बिहान सम्म ४७ हजार ४९२ जनाले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij