Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन

प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन


  • 1.2K
    Shares

    • images
    प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

    काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अन्य पदमा भने आज निर्वाचन हुने छ ।

    प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो ।

    त्यो सर्कुलर अनलाइनखबरले सार्वजनिक गरेपछि विवाद बढेको थियो र पुरी पछि हटेका थिए । त्यसपछि अधिकारी सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो ।

    प्याब्सनका हालका अध्यक्ष डीके ढुंगाना भन्दा अगाडि पुरीले प्याब्सनको नेतृत्व गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १०:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij