Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मध्यराति घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु

मध्यराति घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु


  • 1.5K
    Shares

    • images
    मध्यराति घरमा आगलागी हुँदा १२ वर्षीय बालकको मृत्यु

    जाजरकोटमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। कुशे गाउँपालिका-८ ग्राक्ली निवासी जनक रोकायाको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति १२ बजेको समयमा ६ कोठा भएको दुईतले कच्ची घरमा आलगाली भएको हो। 

    घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    उक्त आगलागीबाट घर पूर्ण रुपमा जलेको छ। घरसँगै घरभित्र भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, ८ आनाको सुनको तिलहरी र नगद एक लाख पच्चिस हजार रुपैयाँसमेत जली नष्ट भएको छ।

    आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ४ बजेको पूर्णरुपमा नियन्त्रणमा आएको छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - ०८:३८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij