२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम) को वार्षिक आम्दानी बढ्दो छ । आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा डिस मिडिया कम्पनी ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता सेयर आइपीओ निष्काशन गर्दै छ । अपरिस्कृत वित्तीय विवरणअनुसार डिसहोमले आर्थिक वर्ष २०२४ मा ५ अर्ब १७ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
डिसहोमले १० अर्ब रुपैयाँ बराबरको कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । कर्जाको लागि केयर रेटिङले क्रमशः 'केयर एनपी डबल बी प्लस' र 'केयर एनपी एफोर प्लस' रेटिङ दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij