Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दूरसञ्चारका पूर्वअध्यक्ष झा र खनाल दोषी ठहर, १३ महिना कैद सजाय हुने

दूरसञ्चारका पूर्वअध्यक्ष झा र खनाल दोषी ठहर, १३ महिना कैद सजाय हुने


  • 2.1K
    Shares

    • images
    दूरसञ्चारका पूर्वअध्यक्ष झा र खनाल दोषी ठहर, १३ महिना कैद सजाय हुने

    काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहितत तीनजनालाई दोषी ठहर गरेको छ।

    न्यायाधीशत्रय टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीबार झा र खनालसहित तीनजनालाई दोषी ठहर गरेको हो। 

    अदालतले झा, खनाल र न्यूमेरा मलेसिया, ओएसआई कन्सल्टिङ प्रालिका ग्रुप चेयरमेन मोहम्मद नुर अमिन बिन मोहम्मद नुर खानलाई जनही ५ करोड ८० लाख बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ। झा र खनाललाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने समेत जनाइएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा २०८० चैतमा प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो।

    प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई प्रतिवादी बनाइएको थियो। उनीहरूविरुद्ध अदालतमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।

    प्राधिकरणले भन्सार छलेर ल्याइएका मोबाइल निष्क्रिय बनाउने एमडीएमएस स्थापना गर्न लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेर  दुई अर्ब २५ करोड रुपैयाँले बढी भ्रष्टाचार गरेको आयोगको दाबी छ।

    मुद्दामा १२ जनाले सफाइ पाएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २३ २०८१ शुक्रवार - ०६:४६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij