Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखा आरुघाटमा नसर्ने रोगको स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न

गोरखा आरुघाटमा नसर्ने रोगको स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न


  • 1.4K
    Shares

    • images
    गोरखा आरुघाटमा नसर्ने रोगको स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न

    गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा नसर्ने रोगहरुको स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न भएको छ । फागुन महिनालाई नसर्ने रोग पहिचानको महिना बनाउने सरकारको देशव्यापी अभियान अन्तरगत स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न गरिएको पालिकाले जनाएको छ ।

    पालिकामा यही फागुन १४ देखि १७ गतेसम्म उच्च रक्तचाप, मधुमेह, मोटोपन तथा मृगौला सम्बन्धी रोगको स्क्रिनिङ्ग भएको थियो । जसमा पालिकाभित्रको ४० वर्षमाथिका आठ सय ५८ जनाले सेवा लिएको पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले बताए ।

    स्क्रिनिङ्गको क्रममा अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको उनले जानकारी दिए । ‘विशेष गरी वडा नं १ र २ का अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको छ, बदलिदो जीवनशैली, अस्वस्थ खानपान र निस्कृय जीवनशैलीका कारण यो समस्या देखिएको हो’, उनले भने । स्क्रिनिङ्गमा पालिकाका १५ जना स्वास्थ्यकर्मीहरुले सेवा दिएको उनको भनाइ्र्र छ ।
    स्क्रिनिङ्ग गर्न आएकाहरुलाई प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले सहजिकरण गराएका थिए ।

    पालिकाको पाँच लाख ५० हजार बजेटमा स्क्रिनिङ्ग कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए । सरकारले नसर्ने रोगहरुको स्क्रिनिङ्ग कार्यक्रमलाई अभियानका रुपमा घोषणा गरेपनि बजेट भने नपठाएको उनको गुनासो छ । ‘बजेट भएका पालिकाहरुले गरेका छन्, नहुनेले गरेका छैनन्’, उनले भने, ‘हामीले भने अगाडि नै बजेट बिनियोजन गरेर राखेका थियौँ । त्यसैले सजिलो भयो ।’ स्क्रिनिङ्गपछि आरुघाट आधारभूत अस्पतालमा डाक्टर गुणराज लोहनीले विषेशज्ञ सेवा दिएको उनले जानकारी दिए ।

    ‘स्क्रिनिङ्ग परिक्षणको क्रममा समस्या देखिएकोहरुलाई डाक्टर गुणराज लोहनीले विषेशज्ञ सेवा दिनु भएको थियो’, उनले भने, ‘कुल एक सय ५२ जनालाई परामर्श सहित विशेषज्ञ सेवा दिइएको हो ।’ पालिकाले आरुघाट अस्पतालमा हरेक महिनाको अन्तिम शुक्रबार विशेषज्ञ सहितको सेवा दिन सुरु गरेको उनले बताएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १८:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij