Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

फागुन २४ गते महासङ्घले ३६ हजार बढी शिक्षक माइतीघरमा उतार्दै

फागुन २४ गते महासङ्घले ३६ हजार बढी शिक्षक माइतीघरमा उतार्दै


  • 2.0K
    Shares

    फागुन २४ गते महासङ्घले ३६ हजार बढी शिक्षक माइतीघरमा उतार्दै

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने भएको छ । फागुन २० गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको महासङ्घले २४ गते देशभरका शिक्षकहरूलाई काठमाडौँमा उतार्ने भएको छ । 

    महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्न लागेको हो ।  महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माइतीघर मण्डलामा हुने आन्दोलनका लागि राष्ट्रिय समितिले तोकेको सङ्ख्यामा शिक्षक कर्मचारी सहभागी हुने बताए । 
     
    आन्दोलनमा सहभागी हुनका लागि विभिन्न समूहमा विभाजन गरेको छ । जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको छ । तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले जनाएको छ । 

    त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई काठमाडौँ पठाउन भनेको हो । 

    आन्दोलन परिचालनका लागि प्रत्येक सदस्यबाट १०० रुपैयाँ शुल्क उठाउन र सो मध्ये ५० रुपैयाँ राष्ट्रिय समितिलाई उपलब्ध गराउन महासङ्घले निर्देशन दिएको छ ।  नेपाल शिक्षक महासङ्घसँग विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासङ्घले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ । 

    फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो । फागुन २४ गते देशभरका शिक्षक कर्मचारीहरूलाई माइतीघरमा उतारेर वृहत विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए । 

    यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँका सडकमा उत्रिएका थिए । सडकमै लम्पसार भएर सुतेका थिए । त्यसपछि सरकारले दुईपटक सहमति गरेको थियो । सहमति अनुसार विद्यालय शिक्षा विधेयकमा मागहरू समावेश गर्ने भन्ने थियो । 

    अहिले आएर आफूहरूसँग गरेको सहमतिलाई समावेश गरेर विद्यालय शिक्षा विधेयक तत्काल ल्याउन दबाब दिन लागिएको अध्यक्ष सुवेदीले बताए । 

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १४:३९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij