Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मोदीलाई निम्तो दिन दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा

मोदीलाई निम्तो दिन दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा


  • 10.6K
    Shares

    मोदीलाई निम्तो दिन दिल्ली जाँदै परराष्ट्रमन्त्री राणा
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् ।

    उनले  भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह गरेकी छन् ।

    नयाँ दिल्लीस्थित नेपाली राजदूत डा। शंकर शर्माले परराष्ट्रमन्त्रीसँगको भेटका लागि समय मिलाइ दिन मंगलबार भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।

    यससँगै नेपालको तर्फबाट अप्रिल २ देखि ३ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको स्रोतले बताएको छ ।

    मन्त्री राणा राइसीना डायलगमा सहभागी हुनका लागि अर्को साता दिल्ली जाने तयारी छ । मार्च १७ देखि १८ मा आयोजना हुने डायलगमा सहभागी हुनुअघि राणाले नियमित स्वास्थ्य जाँच (फलोअप) गराउन दिल्ली जान लागिएको सचिवालयले बताएको छ ।

    images
    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - १३:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij