Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ३१ जनाको मृत्यु

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ३१ जनाको मृत्यु


  • 3.0K
    Shares

    ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ३१ जनाको मृत्यु
    images

    काठमाडौं । दक्षिणी बोलिभियाको पोटोसी शहरस्थित ओरुरो क्षेत्रमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ ।

    राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जसमा ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव निकाल्ने प्रयास भइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

    यस्तै, दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएको रोयटर्सले जनाएको छ । घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

    दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताएको छ भने दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । सोही क्षेत्रमा केही दिनअघि दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका थिए ।

    बोलिभियाका राष्ट्रपति लुइस आर्केले दुर्घटनापछि मृतकका परिवार र घाइतेप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिनु भएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०८१ मंगलवार - १२:१६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij