Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान

एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान


  • 1.5K
    Shares

    एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
    images

    काठमाडौं । नेकपा एमाले मोरङको १० औँ अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । ५ पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटीका लागि लागि ३२५ जनाले उम्मेदवारी दिएका छन् ।

    मध्यान्ह १२ बजेपछि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए । यसअघि बिहान ९ बजेदेखि गर्ने भनिए पनि सहमति प्रयास भइरहेको भन्दै १२ बजेदेखि मात्रै मतदान गर्ने तयारी रहेको उनले बताए ।

    गत शनिवारदेखि सुरु भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, दुई वटा प्यानल बनेपछि सहमतिको प्रयास असफल भएको हो र अधिवेशन लम्बिएको हो ।

    अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ।

    इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।

    प्रकाशित मिति :फाल्गुण २० २०८१ मंगलवार - १०:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij