Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक छ : राजेन्द्र लिङ्देन

सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक छ : राजेन्द्र लिङ्देन


  • 2.3K
    Shares

    सांसद मन्त्री हुन नपाउने व्यवस्था आवश्यक छ : राजेन्द्र लिङ्देन
    images

    सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताएका छन् ।

    पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उनले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राखे ।

    नेता मोटाउदै जाने र जनता दुब्लाउँदै जाने अहिलेको अवस्थाले देश निरन्तर ओरालो लागेको अध्यक्ष लिङ्देनको जिकिर थियो । “यस्तो अवस्थामा अब अभिभावकीय संस्थाका रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था गर्न आवश्यक छ । यसले देशका समस्या समाधान गर्छ”, उनले दाबी गरे ।

    राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको रहेको बताए । उनले सबै राजनीतिक शक्तिबीच निषेध नभई एकता गरेर समस्या समाधान खोजिनुपर्ने बताए ।

    पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुकलाई सही बाटोमा लैजान शासन व्यवस्थामा सुधार हुन जरूरी रहेको बताए । सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तिकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशीलगायतले सम्बोधन गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८१ आइतवार - २२:०६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij