Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

कंग्रेस नेतृ हिमानीको हत्या, सुटकेसमा भेटियो शव

कंग्रेस नेतृ हिमानीको हत्या, सुटकेसमा भेटियो शव


  • 4.1K
    Shares

    कंग्रेस नेतृ हिमानीको हत्या, सुटकेसमा भेटियो शव
    images

    काठमाडौं । भारतको हरियाणा राज्यस्थित रोहतकमा भारतीय कंग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार ९मार्च १० बिहान रोहतकको साम्पला सहरस्थित बसपार्कनजिकै सुटकेसभित्र उनको शव भेटिएको हो। 

    बटुवाहरूले शंकास्पद अवस्थामा नीलो सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। केही समयमै प्रहरी घटनास्थल पुग्यो। सुटकेस खोल्दा भित्र एउटी युवतीको शव देखियो। उनको घाँटीमा स्कार्फ बाँधिएको थियो र हातमा मेहन्दीको दाग थियो। शव हेर्दा कसैले निर्ममतापूर्वक हत्या गरेर सुटकेसमा हालेर फ्याँकेको अनुमान गरिएको थियो।

    सुरुमा मृतकको पहिचान हुन सकेन। तर पछि प्रहरीले यो कंग्रेस नेता हिमानी नरवालको शव भएको खुलासा भएको हो। हिमानी यसअघि राहुल गान्धी, दीपेन्द्र हुड्डा र भूपेन्द्र सिंह हुड्डालगायत भारतीय कंग्रेसका नेताहरूसँग तस्बिरमा देखिएकी छन्। 

    साम्पला प्रहरी थाना र एफएसएल टोलीले मुद्दाको अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक अनुसन्धानले हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको पाइएको छ। तर हत्या कसले र किन गर्‍यो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन।

    साम्पला प्रहरी थानाका इन्चार्ज बिजेन्द्र सिंह भन्छन्, ‘अहिलेसम्म हामीले कुनै राजनीतिक कारण भेटेका छैनौँ, तर हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ। समस्या समाधान गर्न टोलीहरू गठन गरिएका छन्। अभियुक्त चाँडै पक्राउ पर्नेछन्।’

    प्रकाशित मिति :फाल्गुण १८ २०८१ आइतवार - १४:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij