Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर, कहाँ कहिले ?

‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर, कहाँ कहिले ?


  • 2.2K
    Shares

    ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर, कहाँ कहिले ?
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर गरिएको छ । माओवादीले शनिबार मातहतका कमिटीमा सर्कुलर पठाउँदै सर्लाहीदेखि पश्चिमका कार्यक्रम समय हेरफेर भएको जानकारी दिएको एक नेताले बताए । 

    समयको चापका कारण सर्लाहीदेखि पश्चिमका कार्यक्रम १/१ दिन सार्नेगरी कार्यतालिका हेरफेर भएको ती नेताले जानकारी दिए । उनका अनुसार सर्लाही जिल्लामा यसअघि फागुन २१ गते हुने भनिएको अभियानको कार्यक्रम अब २२ गते हुने भएको छ ।

    यस्तै अब रौतहटमा २३, बारामा २४, पर्सामा २५, चितवनमा २६, नवलपुरमा २७ गते अभियान अन्तरगतको कार्यक्रम हुनेछ । यस्तै नवलपरासी पश्चिममा २८ गते, रुपन्देहीमा चैत २, कपिलपस्तुमा ३, दाङमा ४, बाँकेमा ५, बर्दियामा ६, कैलालीमा ७ र कञ्चनपुरमा ८ गते अभियान अन्तरगतको कार्यक्रम हुनेगरी समय हेरफेर भएको छ । यसअघिको कार्यतालिकाअनुसार ७ गते सम्पन्न हुने भनिएको पहिलो चरणको यो अभियान अब चैत ८ गते सकिनेछ । 

    फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।  अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरु आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ । 

    अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् । यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् । 

    अभियानअनुसार हालसम्म फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहामा कार्यक्रम सम्पन्न भएको छ । 

    यस्तै धनुषामा फागुन १८ र महोत्तरीमा फागुन १९ गते कार्यक्रम तय भएको छ । यस्तै फागुन २० गते अध्यक्ष प्रचण्ड थारु मोर्चाको सम्मेलनको उद्घाटन गर्न कैलालीको टिकापुर जाने तय भएको छ भने त्यसपछि २२ गतेदेखि मात्रै सर्लाहीबाट अभियान सञ्चालन हुनेगरी कार्यक्रम तय भएको ती नेताको भनाइ छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८१ शनिवार - २०:३८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij