Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

एमाले क्रान्तिकारी पार्टी हो, बाँकी सबै अवसरवादी हुन् : बादल

एमाले क्रान्तिकारी पार्टी हो, बाँकी सबै अवसरवादी हुन् : बादल


  • 2.3K
    Shares

    एमाले क्रान्तिकारी पार्टी हो, बाँकी सबै अवसरवादी हुन् : बादल
    images

    विराटनगर । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दल कसैले पनि मुलुकको अवस्था बदल्न नसक्ने बताएका छन् ।

    एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेका बादलले एमाले मात्रै क्रान्तिकारी पार्टी भएको र एमालेको नेतृत्वमा मात्रै मुलुकका तमाम समस्याको समाधान सम्भव हुने बताए ।

    ‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी हो ? उसको इतिहासले देखाउँदैन । नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन,’ बादलले भने, ‘यी सबै पार्टी अस्थिरतावादी,  । यिनले नेपालको अवस्था बदल्न सक्दैनन् । नेपालमा समाजवाद स्थापना गर्न सक्दैनन् ।’

    राजावादी, सामान्तवादी विचार बोक्ने र नयाँ भनेर खुलेका पार्टीले पनि अहिलेको अवस्थालाई बदल्न नसक्ने जिकिर गर्दै उनले एमालेले मात्र क्रान्तिकारी पार्टी भएको बताए ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८१ शनिवार - २०:१४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij