Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ

रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ


  • 2.3K
    Shares

    रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् । 

    शुक्रबार पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका हुन् । उनीहरूलाई काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराएका हुन् ।

    कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिए । 

    कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वडा समितिले वडा स्तरमा प्रशिक्षण कार्यक्रम, स्थानीय विकासका योजनाहरू तथा वडाका गतिविधिहरूको अनुगमन लगायतका थुप्रै कामहरू गर्नुपर्ने बताए । 

    संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले निर्वाचित सबै सदस्यहरूलाई शुभकामना दिँदै ८४ को निर्वाचनमा रास्वपालाई नम्बर १ पार्टी बनाउने गरी सबैले पार्टी हितका लागि काम गर्नुपर्ने बताए ।

    प्रकाशित मिति :फाल्गुण १६ २०८१ शुक्रवार - १६:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij