Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज धूमवाराहीमा नेकपाको सचिवालय बैठक बस्दै, दुई अध्यक्षकै प्रतिवेदनमाथि छलफल हुने

आज धूमवाराहीमा नेकपाको सचिवालय बैठक बस्दै, दुई अध्यक्षकै प्रतिवेदनमाथि छलफल हुने


  • 8.7K
    Shares

    आज धूमवाराहीमा नेकपाको सचिवालय बैठक बस्दै,  दुई अध्यक्षकै प्रतिवेदनमाथि छलफल हुने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित सचिवालय बैठक आज धूमवाराहीमा बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने भएको छ ।

    ३ दिनअघि बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कार्तिकमा पेश गरेको प्रतिवेदनको जवाफका रुपमा आफ्नो प्रतिवेदन सचिवालय बैठकमा राखेका थिए । 

    ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा प्रचण्डले लगाएको आरोपको जवाफसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

    आरोपसहितको राजनीतिक प्रतिवेदन फिर्ता लिने की छलफल गर्ने भन्ने विषयमा नेकपा भित्र बहस चलेपनि दुबै अध्यक्ष आफ्नो प्रतिवेदन फिर्ता नलिने अडानमा छन् । उक्त प्रतिवेदनमाथि आज छलफल हुने एक सचिवालय सदस्यले नेपाल समयलाई जानकारी दिए । 

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - ११:११:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij